उच्च अदालत पाटनले रिलायन्स स्पिनिङ मिल्सको आईपीओ निष्काशनविरुद्ध परेको रिट निवेदन खारेज गरेको छ। योसँगै आईपीओ निष्काशनको बाटो खुला भएको छ।
वित्तीय विवरणमा जालझेल गरी प्रिमियम मूल्यमा आईपीओ निष्काशन गरेको दाबी गरी हरिबहादुर केसी र खुसल राम धितालले अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्ड, रिलायन्स स्पिनिङ मिल्स र एस एआर एसोसिएट चार्टर्ड एकाउन्टेन्ट्स समेतलाई विपक्षी बनाई उच्च अदालतमा रिट दायर गरेका थिए।
बुधबार उच्च अदालतका न्यायाधीश कृष्णराम कोइराला र डिल्लीरत्न श्रेष्ठको इजालासले सो रिट खारेज गरिदिएको हो।
यसअघि सार्वजनिक लेखा समितिले पनि ९० रुपैयाँभन्दा तल नेटवर्थ भएको कम्पनीको प्रिमियम मूल्यमा आईपीओ निष्काशन नगर्न धितोपत्र बोर्डलाई निर्देशन दिएको थियो भने रिलायन्सको स्पिनिङ मिल्सले सार्वजनिक गरेको वित्तीय विवरणमा छेडखानी गरेको भन्दै आईपीओ निष्काशन प्रक्रिया रोक्न बोर्डलाई निर्देशन दिएको थियो।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ