शनिबार, माघ २४, २०८२

तनहुँमा आफ्नै श्रीमती हत्या गरेको अभियोगमा पक्राउ


गणेश विक


तनहुँ । आफ्नै श्रीमती ३९ वर्षीया प्रतिक्षा श्रेष्ठको हत्या गरेको अभियोगमा भानु नगरपालिका-८ गैरीफाँट बस्ने ४२ वर्षीय ओम नारायण श्रेष्ठलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

ओम नारायणले घरायसी विवादको क्रममा बन्चरो प्रहार गर्दा प्रतिक्षा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी पुर्कोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

गम्भीर घाइते भएकी प्रतिक्षाको जिल्ला अस्पताल दमौलीमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत