मङ्लबार, मंसिर १८, २०८१
  • गृहपृष्‍ठ
  • समाज
  • मोबाइल बन्द गरेर बसेको छु, पूर्णपाठ आएपछि अदालतमा उपस्थित हुन्छु: दीपक मनाङे

मोबाइल बन्द गरेर बसेको छु, पूर्णपाठ आएपछि अदालतमा उपस्थित हुन्छु: दीपक मनाङे


कान्तिपथ


काठमाडौं । सर्वोच्च अदालतबाट दोषी ठहर भएका गण्डकी प्रदेशका प्रदेश सभा सदस्य दीपक मनाङे (राजीव गुरुङ)ले फैसलाको पूर्ण पाठ आएपछि आफू अदालतमा उपस्थित हुने बताए ।

उनले आज एक विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन् ।

मनाङेलाई सर्वोच्च अदालतले पनि ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको छ ।

मंगलबार न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले मनाङेविरुद्ध ज्यान मार्ने उद्योगमा यसअघि उच्च अदालत पाटनबाट भएको फैसलालाई सदर गरेको हो ।

उच्च अदालत पाटनले ज्यान मार्ने उद्योगमा मनाङेलाई पाँच वर्ष कैद सजाय सुनाएको थियो । तर, उनी उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्च गएका थिए ।

पूर्वमन्त्रीसमेत रहेका मनाङे मनाङको प्रदेश निर्वाचन क्षेत्र १ (ख) बाट निर्वाचित स्वतन्त्र सांसद हुन् ।

पाँच वर्ष कैद सजाय ठहर भएका गुरुङले यसअघि नै दुई वर्ष ८ महिना कैदमा बिताएका छन् ।

उनले अब थप २ वर्ष ४ महिना कैद बस्न बाँकी छ । सर्वोच्च अदालतले तत्कालीन पुनरावेदन अदालतको निर्णय सदर गरेकाले फैसला कार्यान्वयनका लागि पूर्णपाठ तयार हुन आवश्यक पर्दैन । फैसलापछि उनको खोजी थालेको प्रहरीले ‘स्विच अफ गरेर सम्पर्कविहीन भएको’ जनाएको थियो ।

“फैसला आउँदाको दिनदेखि केही गुणस्तरहीन सञ्चारमाध्यमहरुबाट तारन्तार आइरहेका कलहरुले गर्दा केही समयका लागि मैले प्रयोग गर्दै आएको मोबाइल बन्द गरेको छु । यही विषयलाई लिएर विभिन्न सञ्चारमाध्यमहरुमा भ्रामक समाचारहरु सम्प्रेषण भइरहेको पाएको छु । यसमा मेरो आपत्ति छ । अन्तमाः सम्मानित सर्वोच्च अदालतबाट फैसलाको पूर्णपाठ लिखित रुपमा प्राप्त भएपछि अदालतमा म स्वयम् उपस्थित हुने कुरा जानकारी गराउन चाहन्छु ।”



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत