बुधबार, मंसिर २६, २०८१
  • गृहपृष्‍ठ
  • अपराध
  • भिजिट भिसामा कुवेत उड्न लागेका २२ नेपाली युवतीलाई विमानस्थलबाट फर्कायो

भिजिट भिसामा कुवेत उड्न लागेका २२ नेपाली युवतीलाई विमानस्थलबाट फर्कायो


कान्तिपथ


काठमाडौं । भिजिट भिसामा कुबेर उड्न लागेका २२ जना नेपाली युवतीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फिर्ता भएका छन् ।

मानवतस्करीको आशंकामा विमानस्थल अध्यागमनले उनीहरुलाई फर्काइदिएको हो ।

युवतीहरु हिमालयन एयरलाइन्सको बिहीबार राति ९ः४५ को उडानबाट कुवेत जान लागेका थिए ।

दुबई हुँदै कुवेत जान लागेका उनीहरूसँग एकातिरको बोर्डिङ पास र अर्कातिरको भिसा भएको फेला परेपछि राति नै फिर्ता गरिएको विमानस्थल अध्यागमन प्रमुख तीर्थराज भट्टराईले बताए ।

घटनामा कसैलाई पक्राउ गरिएको छैन ।

नेपाली युवती भिजिट भिसामा विभिन्न मुलुक जाने र अवैध रूपमा विभिन्न श्रमजन्य कार्यमा संलग्न हुने कारण सरकारले त्यसलाई नियमन र व्यवस्थापनको काम अगाडि बढाएको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत