शनिबार, मंसिर २२, २०८१

प्रशिक्षक जोसेलाई प्रतिबन्ध र जरिवाना


कान्तिपथ


टर्किस क्लब फेनेरबाची स्पोर्ट्स क्लबका प्रशिक्षक जोसे मोरिन्होलाई प्रतिबन्ध र जरिवाना लगाइएको छ ।

टर्किस फुटबल फेडेरेसनले मोरिन्होलाई युरोपा लिग अन्तर्गतको खेलपछि रेफ्री बारे गरेको टिप्पणीका कारण एक खेलको प्रतिबन्ध लगाएको छ भने २० हजार युरो भन्दाबढी जरिवाना गरेको हाे ।

आइतबार भएको टर्किस लिगको ट्राबजोनस्पोरविरुद्धको खेल फेनेरबाचीले ३-२ ले जितेको थियो ।

सो खेलपछि मोरिन्होले भार रेफ्री र पुरै रेफ्री टिमले पक्षपात गरेको आरोप लगाउदै यस्तो रेफ्री आफुहरुलाई स्वीकार्य नहुने बताएका थिए ।

मोरिन्होको आक्रामक टिप्पणीपछि फेडेरेसनले उनको टिप्पणी खेल भावना विपरित भएको भन्दै २० हजार १७८ युरो जरिवाना गरेको छ ।

त्यस्तै उनलाई अतिरिक्त १३ सय युरो समेत जरिवाना गरिएको फेडेरेसनले जनाएको छ ।

त्यस्तै उनलाई एक खेलमा ड्रेसिङ रुम र टचलाइनमा जान प्रतिबन्ध लगाइएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत