इमेज सहकारी ठगी प्रकरणमा मुछिएका बागलुङकाे ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई कास्कीकाे पोखरामा ल्याइएको छ ।
नेपालीविरुद्ध पोखरामा पनि बचतकर्ताले जाहेरी दिएका थिए ।
नेपालीलाई आजै पोखरा ल्याइएको प्रहरीले जानकारी दिएको छ ।
पोखरामा रहेको इमेज सहकारीमार्फत झन्डै ६८ करोड ठगीको आरोप लागेकाले थप अनुसन्धानको लागि नेपालीलाई पोखरा ल्याइएको हो ।
५२४ जना बचतकर्ताले नेपालीविरुद्ध उजुरी दिएका छन् ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ