शनिबार, चैत्र ९, २०८१
  • गृहपृष्‍ठ
  • समाज
  • मन्त्री दाहालले गरे निर्माणाधिन ग्वार्को फ्लाई ओभरको स्थलगत निरीक्षण

मन्त्री दाहालले गरे निर्माणाधिन ग्वार्को फ्लाई ओभरको स्थलगत निरीक्षण


गणेश विक


भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले ग्वार्कोमा निर्माणाधिन फ्लाई ओभरको स्थलगत निरीक्षण गरेका छन् ।

निरीक्षणको क्रममा मन्त्री दाहालले फ्लाई ओभर निर्माणको कामलाई गति दिन निर्देशन दिएको उनको सचिवालयले जानकारी दिएको छ ।

निरीक्षण टोलीमा मन्त्री दाहाल सहित मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक रामहरी पोखरेल लगायतका अधिकारीहरु सहभागी रहेका थिए ।

०७९ सालको पुस महिनाबाट सुरु भएको ग्वार्को फ्लाईओभर निर्माणको काम गत फागुन मसान्तमा सक्नुपर्ने थियो । तर तोकिएको समयमा सम्पन्न भएको छैन ।

ग्वार्को फ्लाई–ओभर ४९० मिटर रहनेछ । जहाँ बालकुमारी तर्फबाट २८० मिटर लामो र्‍याम र सातदोबाटोबाट तर्फबाट १३५ मिटर लामो र्‍याम रहनेछ । फ्लाई–ओभरको उचाइ भने अन्तर्राष्ट्रिय मापदण्डअनुसार नै ६ मिटरको रहनेछ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत