विश्वले यसलाई ‘अर्को सेक्स टेप स्क्यान्डल’ का रूपमा हेरिरहेको छ । तर, वास्तवमा यो इक्वेटोरियल गिनीको नयाँ राष्ट्रपति बन्छ भन्ने वास्तविक ‘नाटक’ को एउटा अंश हुनसक्छ ।
पछिल्लो हप्ता एक शीर्ष सरकारी अधिकारीले आफ्नो कार्यालय र अन्य ठाउँमा विभिन्न महिलाहरूसँग यौनसम्बन्ध बनाइरहेका १ सय ५० देखि ४ सयवटासम्म भिडियो बाहिरिएका छन् । यो प्रकरण यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ जसले मध्य अफ्रिकाको सानो देशलाई स्तब्ध बनाएको छ ।
भिडियोमा देखिएका अधिकांश महिला सत्ताको केन्द्रमा रहेका मानिसहरूको पत्नी र आफन्त रहेका छन् । उनीहरू बाल्टासार इबाङ मिस्टर इन्गोंगासँग यौन क्रियाकलापमा संलग्न देखिएका छन् । यो सबै पुष्टि गर्न कठिन भइरहेको छ किनभने इक्वेटोरियल गिनीको समाज निकै सङ्कुचित रहेको छ भने त्यहाँ स्वतन्त्र प्रेसको अस्तित्व नै छैन ।
ओबियाङ विश्वकै सबैभन्दा लामो समय राष्ट्रपति पदमा कायम रहने व्यक्ति मध्ये एक हुन् । उनी सन् १९७९ देखि सत्तामा रहँदै आएका छन् ।
८२ वर्षीय राष्ट्रपतिको नेतृत्वमा देशले आर्थिक सुधार देखेको छ । तर, १७ लाख जनतामध्ये सानो समूह अति धनी समूहमा पर्दछ भने बाँकी अझै पनि गरिबीमा बाँच्न बाध्य छन् ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ