शनिबार, मंसिर २०, २०८२

सुन जस्तो देखिने धातुसहित एक जना पक्राउ


गणेश विक


काठमाडौं । चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट सुन जस्तो देखिने धातु ३ सय ५६ ग्राम सहित भारत उत्तर प्रदेश गोण्डा कान्जे मोउ बस्ने २७ वर्षीय कनैया लाललाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको संयुक्त टोलीले बुटवलदेखि काठमाडौंतर्फ आउँदै गरेको लु.२ ख ६८५८ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार कनैयालाई उक्त धातु सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत