काठमाडौं। सरकारले उद्योगहरुले बिजुली प्रयोग गरेबापतको बक्यौता १५ दिनभित्र असुल गर्ने निर्णय गरेको छ।
सोमबार सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसब्बा गुरुङले डेडिकेटेड फिडर तथा ट्रंक लाईनबाट विद्युत उपयोग गर्ने उद्योगहरुले टिओडी मिटरका आधारमा महसुल निर्धारण तथा असूलीसम्बन्धी प्रचलित कानूनबमोजिम १५ दिनभित्र असुल गर्ने निर्णय गरेको जानकारी दिए।
बैठकले विद्युत महशुस विवादका कारण उद्योगीमा लाइन काटिँदा उत्पादन घट्न गएको र सम्रग क्षेत्रमा असर परेकाले आपूर्ति बन्द गरिएका उद्योगहरुमा २४ घण्टाभित्र विद्युत लाइन जडान गर्ने निर्णय गरेको छ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ