मङ्लबार, मंसिर १८, २०८१

ट्रम्प र पुटिनबीच टेलिफोन कुराकानी नभएको मस्कोको दाबी


कान्तिपथ


अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच टेलिफोन बार्ता नभएको मस्कोले दाबि गरेको छ ।

यसअघि अमेरिकी मिडियामा ट्रम्पले पुटिनसँग टेलिफोन कुराकानी गरेको र युक्रेन युद्धको विषयमा छलफल गरेको विषय बाहिर आएको थियो ।

तर क्रेमलिनका प्रवक्ताले ट्रम्पले पुटिनलाई फोन गरेको र दुई नेताले युक्रेन द्वन्द्वबारे छलफल गरेको दाबीलाई अस्वीकार गरेका छन् ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले यसलाई पूर्णतया गलत सूचना भन्दै ट्रम्प र पुटिनबीच कुनै फोन वार्ता नभएको स्पष्ट गरेका छन् ।

यसअघि वाशिंगटन पोस्टले आफ्नो रिपोर्टमा ट्रम्पले पुटिनलाई फ्लोरिडास्थित उनको रिसोर्ट मार-ए-लागोबाट फोन गरेको र दुबैले युक्रेन युद्धको समाधानका लागि छलफल गरेको दाबि गरेको थियो ।

ट्रम्पले चुनावी र्यालीका क्रममा आफुले कुनै किसिमको युद्ध शुरु नगर्ने र जारी युद्धहरु अन्त्य गर्ने बताउदै आएका छन् ।

ट्रम्प विजयी भएपछि अब उनले रुस-युक्रेन युद्ध, इजरायल हमास युद्धलाई कसरी रोक्छन् यस यी युद्ध रोक्न कस्तो भूमिका खेल्छन् भन्नेमा विश्वको चासो रहेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत