काठमाडौं । नेपाली कांग्रेसबाट एमालेमा प्रवेश गरी एमालेलाई करोडौं बुझाएर समानुपातिक सांसद भएका देवि प्रकाश भट्टचन सहकारी ठगीमा मुछिएका छन् ।
उनीबिरुद्ध ९८ करोड सहकारी ठगीको जाहेरी सरकारी वकिल कार्यालय काठमाडौंमा दर्ता भई नेपाल प्रहरीमा पुगेको डेढ महिना भइसकेको छ ।
तर सरकारको नेतृत्व गरेको पार्टी एमालेका सांसद भएकाले प्रहरीले अनुसन्धान अगाडि बढाउन सकेको छैन । पैसा र पावरकै आडमा भट्टचनले अनुसन्धान रोकेका छन् ।
भट्टचनविरुद्ध ९८ करोड रुपैयाँ ठगीको जाहेरी सरकारी वकिल कार्यालयमा दर्ता भई प्रहरीमा पुगेको एक डेढ महिना हुन लाग्दा पनि उनलाई पक्राउ नगरी उन्मुक्ति दिइएपछि कानुनको ब्याख्या आफ्नो स्वार्थअनुसार गरेको स्पष्ट रुपमा देखिएको छ ।
सरकारी वकिल कार्यालय काठमार्डौंमा दर्ता भई अनुसन्धानका लागि पठाइएको सहकारी ठगीमा भट्टचनलाई जोगाउन प्रहरी नै लागेको छ ।
तर प्रभु बैंककै संचालक रहेकी कुसुम लामाले एमाले सांसद देवी भट्टचनले ९८ करोड सहकारी ठगी गरेको जाहेरी जिल्ला प्रहरी परिसर काठमाडौंमा लिएर जाँदा पनि आवश्यक प्रमाण नभएको भन्दै दर्ता नै गरिएन ।
लामाले भट्टचनबिरुद्ध सहकारी ठगीको जाहेरी दिंदा पनि दर्ता गरिएन । सिंगो प्रहरी संगठन नै उनलाई जोगाउन लागेपछि कुसुम लामाले सरकारी वकिल कार्यालयमा२०८१ असोज ११ गते जाहेरी दर्ता गराएकी थिइन् ।
प्रभु म्यानेटजम्यान्टकी अध्यक्ष कुसुम लामाले भट्टचनविरुद्ध जाहेरी लिएर जाँदा काठमाडौं परिसरले आवश्यक प्रमाण नपुगेको भन्दै दर्ता गर्न अस्वीकार गरेको थियो । प्रहरी कार्यालयले जाहेरी लिन नमानेकै कारण उनले सरकारी वकिल कार्यालयमार्फत् जाहेरी दर्ता गराउन बाध्य भएकी थिइन् । लामाले भट्टचनबिरुद्ध प्रमाणसहितको जाहेरी प्रहरीले दर्ता नगरेपछि सरकारी वकिलमार्फत् दर्ता गर्नुपर्ने अवस्थाले कानुनी राज्यको उपहास गरेको छ ।
सरकारी वकिल कार्यालयले दर्ता गरी प्रहरी परिसर काठमाडौंमा पठाए पनि सत्तारुढ दल एमालेका सांसद भट्टचनको चलखेलका कारण अनुसन्धान अघि बढ्न सकेको छैन ।
एमालेका सांसद भट्टचनकोे अनुसन्धान अगाडि बढाउन प्रहरी पन्छिंदैआएको छ ।
पोखराको सुरक्षा पालुवा बहुउद्देश्यीय सहकारी संस्थाले पाउनुपर्ने पैसा भुक्तानी नभएको भन्दै लामालाई पत्रचार समेत गरेको थियो ।
लामाले जवाफमा उक्त रकम भट्टचनले अपचलन गरेकाले उनले फिर्ता दिएपछि मात्रै भुक्तानी दिन सक्ने जवाफ दिएकाे जनाएको छ ।
भट्टचनले अपचलन गरेको पैसाको टर्चर सहन नसकेर कुसुम अहिले सम्पर्क बिहिन छिन् ।
प्रभु मेनेजमेन्ट प्रभु मनी ट्रान्सफरका सुपर एजेन्ट हो । प्रभु मेनेजमेन्टले सहकारीलाई एजेन्ट बनाएर रेमिट्यान्सको काम गर्दै आएको छ । यसमा विदेशमा रहेका नेपालीले प्रभु मनिट्रान्सफरमा पैसा पठाउँछन् । नेपालमा रहेका परिवारलाई पैसा पठाएको कोड नम्बर पठाउँछन् । त्यो कोड नम्बर लिएर आउनेलाई सहकारीले पैसा दिन्छ ।
कान्तिपथले जानकारी लिन खोज्दा भट्टचनले फाेनमा कुरा गर्दै भने, यसमा मेराे कुनै संलग्नता नरहेकाे भन्दै पन्छिए ।
तर, लामा लामो समय प्रभु इन्स्योरेन्स कम्पनीको अध्यक्ष समेत भएकी थिइन् । यसअघि भट्टचन प्रभु मेनेजमेन्टको पनि अध्यक्ष थिए । उनी प्रभु रेमिट्यान्सको अध्यक्ष भएपछि लामा प्रभु मेनेजमेन्टकी अध्यक्ष भएकी हुन्।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ