मङ्लबार, मंसिर १८, २०८१

बेलायती अखबार द गार्डियनले ‘एक्स’ मा अब केहि पोस्ट नगर्ने


कान्तिपथ


बेलायती अखबार द गार्डियनले सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’ मा अब कुनै पनि कुरा पोस्ट नगर्ने जनाएको छ ।

गार्जियनले एक्समा नकारात्मकता बढी भएको भन्दै अबदेखि आफ्नो आधिकारिक एकाउन्ट एक्समा कुनै समाचार पोष्ट नगर्ने बताएको हो ।

गार्जियनले भनेको छ- ‘हामीले हाम्रो आधिकारिक सम्पादकीय खाताबाट ‘एक्स’ मा पोस्ट गर्न बन्द गरेका छौं । तर एक्स प्रयोगकर्ताहरूले हाम्रो रिपोर्टहरू साझा गर्न सक्छन् ।

यसको कारण बताउँदै द गार्डियनले लेखेको छ, ‘हामीलाई लाग्छ ‘एक्स’ मा अहिले धेरै नकारात्मकता छ । हामी हाम्रो पत्रकारितालाई थप प्रवर्द्धन गर्न स्रोतहरू राम्रोसँग प्रयोग गर्न सक्छौं ।’

अखबारले लामो समयदेखि यस बारे सोचिरहेको बताउदै प्रायः ‘एक्स’ मा विचलित पार्ने सामग्री पाइने बताएको छ । यसमा अति दक्षिणपन्थी प्रचार र नस्लवादसँग सम्बन्धित सामग्री पनि समावेश रहेको गार्जियनले उल्लेख गरेको छ ।

द गार्डियनले भनेको छ- ‘अमेरिकी चुनावले पनि प्रमाणित गरेको छ कि ‘एक्स’ एक ‘विषाक्त’ प्लेटफर्म हो र यसको मालिक एलोन मस्कले राजनीतिक वातावरणलाई प्रभाव पार्न प्रयोग गर्न सक्छ ।’

यद्यपि, एक्सक प्रयोगकर्ताहरूले गार्डियन लेखहरू साझा गर्न भने सक्ने छन् । यस बाहेक द गार्डियनले पनि आफ्ना रिपोर्टरहरूले समाचार सङ्कलन गर्न एक्स प्रयोग गर्न सक्ने बताएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत