बिहिबार, मंसिर २०, २०८१

कांग्रेस सांसद विमलाको निधन


कान्तिपथ


गण्डकी प्रदेश सभा सदस्य विमला गौचनको निधन भएको छ ।

डेंगुका कारण उपचार पश्चात् काठमाडौं घरमै आराम गरिरहेकी गौचनलाई बुधबार राति १० बजेतिर हृदय घात भएपछि अस्पताल लगिएको थियो ।

काठमाडौंको ग्रान्डी अस्पतालमा उपचारका क्रममा साढे ११ बजेतिर उनको निधन भएको हो । नेपाली कांग्रेसका तर्फबाट गण्डकी प्रदेश सभामा समानुपातिक सांसद रहेकी गौन म्याग्दीकी हुन् ।

छोराहरू विदेश रहेकाले उनीहरू आएपछि म्याग्दी नै ल्याएर गौचनको अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत