बिहिबार, मंसिर २०, २०८१

यस्ता छन् जाडोमा मरीच खानुका १० फाइदा


कान्तिपथ


अहिले गर्मी मौसम सकेर हामी विस्तारै जाडो मौसममा प्रवेश गरेका छौँ । गर्मीको तुलनामा चिसो मौसममा प्राय मानिसले चियामा मरीच राखेर खान मन पराउँछन् । जाडो याममा चियामा मरीच हालेर खाँदा न्यानो गराउने मात्र होइन, स्वास्थ्यलाई पनि फाइदा गर्दछ ।

यस्ता छन् जाडोमा मरीच खानुका फाइदा :

– पाँच चम्चा जति गाईको घ्यूमा सात गेडा मरिच झानेर टाउको दुखेको बेलामा लगाउनदा टाउको दुख्न निको हुन्छ ।

-मरिचलाई पानीमा पिनेर लेप बनाएर दाहिने पट्टिको टाउकोको भाग दुखेको भए देव्रेपट्टिको कंचटमा लेप लगाउने र देव्रे पट्टिको भाग दुखेको भए दाहिने पट्टिको भागमा लेप लगाएमा ठीक हुन्छ ।

-मरिचको १० वा १५ दाना पिनेर फिटेर दैनीक सेवन गरेमा एक सातामा रुघाखोकी ठीक हुन्छ ।

-२५–३० दाना मरिच हालेर पिँधेर, दुई ग्लाँस पानीमा पकाएर खाने त्यसपछि सिरक ओडेर सुत्न सुत्ने । यो प्रक्रियाले पिनास, रुघा र टाउको दुखेको रोग ठीक हुन्छ ।

-१ दाना फुराएको मरिच मसिनो गरी पिनेर १ चम्चा सखरमा मुछेर सानो–सानो गोली बनाउने । त्यसलाई दिनको तीन–चार वटा गोली चुस्ने । यस्तो प्रक्रियाले कफ निकालेर खोकी ठीक हुन्छ ।

– हिक्क आउने समस्या आएमा मरिच डडाएर त्यसको धूँवा सुँघेमा एकै छिनमा ठीक हुन्छ ।

– कागतीको चुकमा ८–१० गेडा मरिच पिनेर बिहान–बेलुका लेप लगाएमा ठीक हुन्छ ।

– एक डाडु घ्यूमा एक चम्चा मरिचको धूलो डडाएर कपुर हालेर शरीर भरी मालिस गरेमा शरीर तातेर आउँछ र ठीक हुन्छ ।

– गाईको घ्यूमा मरिचको धूलो तताएर भातमा मिसाएर खाने गरेमा आँखाका रोगहरु लाग्नबाट बच्न सकिन्छ ।

– मरिचको धूलो, नीमको पात तेलमा डडाएर पक्षघात भएको अंगमा बिहान–बेलुका मालिस गरेमा बिस्तारै ठीक हुँदै जान्छ ।

– मरिचको धूलो, खयर, कपुर बराबर पिधेर दाँत माज्ने गरेमा गिजापाक्ने, दाँत हल्लिने, कीराले खाएको समस्या ठीक हुन्छ ।

– मरिच डढाएको तेल मालिस गर्नाले शरीर सुनिएको ठीक हुन्छ ।

– फुराएको एक चिम्टी मरिचको धूलो, एक चम्चा मह, एक ग्लास पानीमा फिटेर खाने गरेमा अमलपित्तको रोग ठीक हुन्छ ।

– १ चम्चा मरिचको धूलो एकचम्चा महसँग फिटेर बिहान खाली पेटमा खाएमा भोक लाग्छ ।

– यस प्रकारको रोगमा जिरा र मरिच पानीमा पिनेर लेप बनाएर लगाउने गरेमा बिस्तारै ठीक हुँदै जान्छ । मरिचका फाइदा मात्र छैन केही बेफाइदा पनि छ । मरीचको धेरै सेवन गर्दा हाड जोर्नीमा समस्या निम्त्याउन सक्छ । –एजेन्सी



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत