बिहिबार, मंसिर २०, २०८१

नेप्सेमा करिब १४ अंकको वृद्धि, १० अर्बको कारोबार


कान्तिपथ


काठमाडौँ । विहिबार नेप्से परिसूचक करिब १४ अंकले बढेको छ । आज नेप्से १३.९५ अंकले बढेर २७४८.७८ विन्दुमा बन्द भएको छ ।

आज कुल ३२१ कम्पनीका २ करोड १६ लाख ६० हजार ६३९ कित्ता शेयर किनबेच हुदा १० अर्ब ३२ करोड ३ लाख बराबरको कारोबार भएको थियो ।

आज गुराँस लघुवित्त, स्वाभिमान लघुवित्त र अपर हेवा खोलाको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । त्यसैगरी आज रावा इनर्जीको शेयर मुल्यमा सबैभन्दा बढी ९.१२ प्रतिशतको गिरावट देखिएको छ ।

त्यस्तै आज सबैभन्दा बढी जानकी फाइनान्सको ३५ करोड २४ लाख ९९ हजार बराबरको कारोबार भएको छ भने ग्रीनलाइफ हाइड्रोको सबै भन्दा बढी ७ लाख ३४ हजार ६९३ कित्ता शेयर कारोबार भएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत