बिहिबार, मंसिर २०, २०८१

चोरीमा संलग्न रहेको अभियोगमा एक जना पक्राउ


कान्तिपथ


मध्यपुर ठिमी नगरपालिका-२ बस्ने कृष्ण बहादुर कार्कीको कोठाबाट सुन, चाँदीको गरगहना तथा नगद चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा दोलखा शैलुङ गाउँपालिका-५ बस्ने ३४ वर्षीय नविन भन्ने रवि कार्कीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

कृष्ण बहादुरको कोठाबाट कात्तिक १३ गते सुन, चाँदीको गरगहना तथा नगद सहित करिब २ लाख २० हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय भक्तपुर शाखा र प्रहरी वृत्त ठिमी भक्तपुरबाट खटिएको संयुक्त टोलीले घटनामा संलग्न रविलाई भक्तपुर लोकन्थलीबाट पक्राउ गरेको हो । 

उनी उपर चोरी मुद्दामा जिल्ला अदालत भक्तपुरबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत