शनिबार, मंसिर २२, २०८१

कवाडी व्यवसायको दर्ता र नवीकरण गर्न महानगरको आग्रह


कान्तिपथ


काठमाडौँ महानगरपालिले महानगर भित्र सञ्चालनमा रहेका कवाडी व्यवसायहरूको दर्ता वा नवीकरण गर्न आग्रह गरेको छ ।

महानगरले एक सूचना प्रकाशित गर्दै महानगरपालिकाको आर्थिक ऐन, २०५१ मा कवाडी सङ्कलन केन्द्र आवासीय क्षेत्रबाहेकका स्थानमा मात्र संचालन गर्नुपर्ने जानकारी दिएको छ ।

महानगरले चालू आर्थिक वर्ष २०८१/८२ देखि महानगरपालिका क्षेत्र भित्रका आवासीय केन्द्रमा दर्ता / नवीकरण नहुने र आवासीय क्षेत्र बाहेकमा मात्र दर्ता/नवीकरण हुने हुँदा सोही अनुसार आफ्नो कवाडी व्यवसाय सञ्चालन गर्न महानगरपालिका भित्रका सम्पूर्ण कवाडी व्यवसायीहरूलाई यसै सूचनाद्वारा जानकारी गराएको छ ।

साथै सम्पूर्ण वडा कार्यालयहरूले समेत सूचना बमोजिम आवश्यक कार्य गर्नु गराउन अनुरोध गरेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत