मङ्लबार, मंसिर १८, २०८१

घोराही सिमेन्टको ‘ढलाई मिक्स पीपीसी सिमेन्ट’ बजारमा


कान्तिपथ


नेपालको सिमेन्ट उत्पादन क्षेत्रमा घोराही सिमेन्ट इन्डस्ट्री अग्रणी नाम हो । हालै घोराही सिमेन्ट इन्डस्ट्रीले आफ्नो नवीनतम उत्पादन ‘ढलाई मिक्स पी.पी.सी सिमेन्ट’ बजारमा ल्याएको छ । नेपाली बजारमा पहिलो पटक ल्याइएको यस सिमेन्टले नेपाली निर्माण सामग्री उद्योगमा नवप्रवर्तनको ढोका खोल्ने अपेक्षा गरिएको छ ।

गहिरो अध्ययन अनुसन्धानबाट उत्पादन गरिएको ‘ढलाई मिक्स पी.पी.सी सिमेन्ट’, जसले विशेषत व्यक्तिगत घर निर्माणकर्तालाई लक्षित गरेको छ । यस उत्पादनको प्रमुख विशेषता प्रारम्भिक मजबुति, उच्च टिकाउपन र छिटो सेट हुने रहेको छ । जसले घरका बिम, स्ल्याब, जग र पिल्लरको निर्माणलाई सुरक्षित, गुणस्तरीय र भरपर्दो बनाउँछ । यस सिमेन्टले निर्माणकर्तामा घर निर्माणमा उच्च गुणस्तरीय संरचनात्मक मजबुती र लगानीको अधिकतम प्रतिफल प्राप्त गर्ने विश्वास दिलाउँछ । गुणस्तरमा सम्झौता गर्नुपर्ने आर्थिक बाध्यता र निर्माण सम्बन्धी जानकारीको कमीलाई दृष्टिगत गर्दै घोराही सिमेन्ट इन्डस्ट्रीले यो सिमेन्टलाई बजारमा ल्याएको छ । ‘ढलाइ मिक्स पी.पी.सी सिमेन्ट’ मार्फत, घोराही सिमेन्ट इन्डस्ट्रीले घर निर्माणकर्तालाई ओ.पी.सी सिमेन्टको मजबुतीका साथ, मुल्यमा कम्तिमा १० प्रतिशत कम दरमा उपलब्ध गराउँदै सपनाको घर निर्माण गर्न सक्षम बनाउने लक्ष्य लिएको छ ।

यो उत्पादन घोराही सिमेन्ट इन्डस्ट्रीको वितरण सञ्जालमा सहजै उपलब्ध हुनेछ, जसले ग्राहकलाई सहज पहुँच सुनिश्चित गर्दछ । ढलाइ मिक्स सिमेन्टको आगमनसँगै, घोराही सिमेन्ट इन्डस्ट्रीले नेपालको दिगो र नवप्रवर्तनशील निर्माण अभ्यासलाई अझ सशक्त समर्थन प्रदान गर्ने आफ्नो मिशनलाई निरन्तरता दिएको छ । घोराही सिमेन्ट इन्डस्ट्रीले आफ्ना ग्राहक र राष्ट्रका लागि प्राविधिक तथा व्यावसायिक सेवामा उत्कृष्टता प्रदान गर्दै, निर्माण उद्योगमा उचित अभ्यासहरू स्थापना गर्नमा अनुसन्धान साझेदारको भूमिका निभाउने प्रतिबद्धता व्यक्त गर्दछ ।

घोराही सिमेन्ट उद्योग पश्चिम नेपालको दाङ जिल्लाको घोराहीमा एसियाको सबैभन्दा ठूलो उपत्यकाको बिचमा रहेको कम्पनीको स्थापना सन् २००९ मा भएको हो ।

घोराही सिमेन्ट उद्योगले सगरमाथा सिमेन्टको ओपिसी ५३ ग्रेड र ४३ ग्रेड, पिपिसी र सगरमाथा क्लिन्कर उत्पादन तथा विक्री वितरण गर्दै आएको छ । बलियो दूरदृष्टि र नेतृत्वका साथ कम्पनीले विगत डेढ दशकमा स्थानीय बजारमा आफ्नो बजार तीव्र रूपमा विस्तार गरेको छ र नेपाली निर्माण बजारमा आफूलाई प्रतिष्ठित कम्पनीको रूपमा स्थापित गरेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत