बिहिबार, मंसिर २०, २०८१

टिकटक भिडियो प्रतियोगिता हुने


कान्तिपथ


विश्व माटो दिवसको अवसरमा टिकटक भिडियो प्रतियोगिता हुने भएको छ ।

माटो दिवसको अवसर पारेर आफ्नै मौलिकता झल्कने गरी माटोको महत्वलाई घर, खेत, बारी वा अन्य स्थानमा गई टिकटक बनाउन आग्रह गरिएको हो । नेपाल सरकार र फुड एग्रिकल्चर अर्गनाइजेशन (एफएओ) को संयुक्त सहकार्यमा सो प्रतियोगिता हुने भएको हो ।

‘माटो सुधार: परीक्षण, रेखदेख र उपचार’ भन्ने नाराका साथ यो वर्ष विश्व माटो दिवस मनाइने भएको छ । सो नारामा आधारित रहेर बढीमा ४५ सेकेन्डको भिडियो बनाएर आफ्नो टिकटक एकाउन्टमा पोस्ट गर्नुपर्ने छ । सो भिडियो faonepal22@gmail.com मा पठाउनुपर्ने छ । यो भिडियो यही मङ्सिर १५ गतेभित्र पठाइसक्नु पर्ने जनाइएको छ ।

प्रथम हुनेलाई २० हजार रुपैयाँ, दोस्रो हुनेलाई १५ हजार र तृतीय हुनेलाई १० हजार रुपैयाँ नगद, प्रमाणपत्र र उपहारहरू दिइने छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत