शनिबार, साउन ३, २०८२

नेप्सेमा सामान्य वृद्धि, ११ अर्बको कारोबार


गणेश विक


काठमाडौँ । आइतबार नेप्से परिसूचकमा सामान्य वृद्धि भएको छ । आज नेप्से ४.९८ अंकले बढेर २७५३.७६ विन्दुमा बन्द भएको छ ।

आज कुल ३२६ कम्पनीका २ करोड ४४ लाख २६ हजार ९०० कित्ता शेयर किनबेच हुदा ११ अर्ब ७२ करोड ६७ लाख बराबरको कारोबार भएको थियो ।

आज उन्नति सहकार्य लघुवित्त, स्वाभिमान लघुवित्तको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । त्यसैगरी आज समृद्धि फाइनान्स र गुराँस लघुवित्तको शेयर मुल्यमा नकारात्मक सर्किट लागेको छ ।

त्यस्तै आज सबैभन्दा बढी एनगाडी पावरको ४५ करोड १७ लाख १० हजार बराबरको कारोबार भएको छ भने सिंगाटी हाइड्रोको सबै भन्दा बढी १२ लाख ४२ हजार ३८९ कित्ता शेयर कारोबार भएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत