शुक्रबार, मंसिर २१, २०८१

हिजबुल्लाहका मिडिया प्रमुख मारिए


कान्तिपथ


हिजबुल्लाहका मिडिया प्रमुख मोहम्मद अफिफ लेबनानको बेरुत सहरमा इजरायली हवाई आक्रमणमा मारिएका छन् । हिजबुल्लाहले यसको पुष्टि गरेको हो।

लेबनानको स्वास्थ्य मन्त्रालयले इजरायली आक्रमणमा चार जनाको मृत्यु भएको बताए पनि मन्त्रालयले ती व्यक्तिहरू को थिए भन्ने बताएको छैन।

मोहम्मद अफिफ सार्वजनिक रूपमा देखिने हिजबुल्लाहका थोरै नेता मध्ये थिए। अफिफ अन्तिम पटक गत सोमबार पत्रकार सम्मेलनमा देखिएका थिए ।इजरायली आक्रमणमा १४ जना घाइते भएको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले आइतबार लेबनानको दक्षिणी उपनगरहरूमा हिजबुल्लाहको छवटा स्थानमा आक्रमण गरेको बताएको छ। इजरायलले गत हप्तादेखि आफ्नो आक्रमणलाई तीव्र पारेको छ। यसअघि हिजबुल्लाह नेता हसन नसरल्लाह पनि इजरायली आक्रमणमा मारिएका थिए।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत