बिहिबार, माघ १, २०८२

मुग्लिङ-पोखरा सडकखण्ड आजदेखि दैनिक साढे ४ घण्टा बन्द


गणेश विक


मुग्लिङ-पोखरा सडकखण्ड आजदेखि दैनिक साढे ४ घण्टा बन्द हुने भएको छ ।

तनहुँ प्रहरीका अनुसार मुग्लिन पोखरा सडक खण्डको छिर्कनदेखि देउराली सडक खण्डको निर्माणको काम गरिने भएकाले आजदेखि २३ गतेसम्म हरेक दिन साढे ४ घण्टा बन्द हुने भएको हो ।

सडक राति ११ बजेदेखि बिहान १ बजेसम्म तथा बिहान साढे एक बजेदेखि चार बजेसम्म पूर्ण रुपमा बन्द हुने प्रहरीले जनाएको छ ।

सो समयमा सडक पूर्ण बन्द गरेर निर्माणको काम गरिने भएको छ । सो समयमा आकस्मिक अवस्थामा भने सवारी पास गराइने प्रहरीले जनाएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत