शनिबार, साउन ३, २०८२

रोमानिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ


गणेश विक


वैदेशिक रोजगारमा रोमानिया पठाइदिन्छु भनि रकम ठगी गरेको अभियोगमा सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका-७ घर भई ललितपुर महालक्ष्मी नगरपालिका-५ बस्ने ३९ वर्षीय मनिल कुमार लामालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

लामाले रोमानिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ६० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई ललितपुर महालक्ष्मी नगरपालिका-५ बाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको जनाएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत