सप्तरी । राजगढ गाउँपालिका-४ स्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब १ हजार ७ सय १७ किलोग्राम सहित धनकुटा शहिदभुमी गाउँपालिका-३ बस्ने ३३ वर्षीय यमजित राईलाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरीले पत्थरगाढाबाट झुटकीतर्फ जाँदै गरेको को.१ ख ६५०३ नम्बरको टिपरलाई जाँच गर्ने क्रममा टिपरमा लुकाई छिपाई राखिएको ५६ वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी चालक यमजितलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ