मङ्लबार, मंसिर १८, २०८१

रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै


कान्तिपथ


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज पनि बस्ने भएको छ ।

मंगलबार उपसभापति डोलप्रसाद अर्यालले आकस्मिक रुपमा बोलाएको बैठक बहुमत नपुगेपछि अनौपचारिक रुपमा बसेर सकिएको थियो ।

रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले बैठक आज बालाजुस्थित पार्टी केन्द्रीय कार्यालयमा ३ बजे हिजोको बैठकलाई निरन्तरता दिने गरि बस्न लागेको जानकारी दिएका छन् ।

बैठकमा समसामयिक राजनीति गतिबिधि, पार्टीको आगामी कार्यदिशाको विषयमा छलफल हुने झाले जानकारी दिएका छन् ।

रास्वपामा सभापति रवि लामिछाने पक्राउको विरुद्धमा गर्ने भनिएको आन्दोलन बारे विवाद रहेको छ ।

सभापति लामिछानेलाई राजनीतिक प्रतिशोध साँधिएको भन्दै आन्दोलित रहेको रास्वपामा आन्दोलनलाई निरन्तरता दिने की नदिने भन्नेमा विवाद रहेकाले आन्दोलन प्रभावकारी हुन सकेको छैन ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत