रौतहट । रौतहटको सदरमुकाम गौर स्थित राईसल मिलको बाटोमा प्रहरी गस्ती टोलीले चेकजाँचको क्रममा स्रोत नखुलेको ६ लाख रुपैयाँ सहित १ जना पैदल यात्रीलाई पक्राउ गरेको छ।
चेकजाँचको क्रममा बुधवार साँझ गौर नगरपालिका १ का बर्ष ५४ को बिरेन्द्र कुमार जैसवालले लुकाई छिपाई राखेको ५ सय दरको नेपाली नोट २०० थान र १हजार दरको नेपाली नोट ५ सय थान गरी कुल ६ लाख नेपाली रुपैया १ थान मोबाईल सहित पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले बताएका छन् ।
बरामद रकमको श्रोत खुलाउन नसकेकोले रकमसहित पक्राउ परेका जैसवाललाई रौतहट जिल्ला अदालतबाट म्याद थप लिई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ