काठमाडौं । विगत २५ बर्षदेखी आफ्नो पेशामा एकदमै लगनशिलताका साथ अगाडी बढी रहेका ब्यक्तिको नाम हो राजु रिजाल । उनको जन्म काभ्रेपलान्चोक जिल्लाको बनेपामा भएको हो ।
उनलाई प्राय मान्छेहरूले चिन्छन् तर नेपाली समाजले भने चिन्न सकेको छैन । किन भने उनी आफ्नो पैशा सधैं ब्यस्त रहेन मध्येका एक ब्यक्ति हुन्, राजु ।
रिजाल सानै मूर्ति बनाउनमा रूची राख्ने र विभिन्न धातूबाट भगवान् तथा देवीदेउताका सालिकहरू बनाउनमा ‘कालीगड’ छन् ।
नेपाल देशलाई मन्दिर नै मन्दिरको सहरको रुपमा चिनिन्छ । यहाँ पाइला पाइलामा मठ मन्दिर छन्, चोक नै पिच्छे अनेकौँ देवी देवताका मूर्ति भेटिन्छन् ।
कतै मन्दिरभित्र त कतै खुला ठाउँमा रहेका यस्ता मूर्तिहरुको अवस्था भने धेरै ठाउँमा दयनीय देखिन्छ । काठमाण्डौ उपत्यकामा रहेका थुप्रै मन्दिर र मूर्तिहरु संरक्षणको अभावमा रहेका देखिन्छन् ।
रिजाल एक प्रसिद्ध नेपाली मूर्तिकार हुन् तर अहिलेसम्म समाजले उनलाई चिन्न सकेकाे छैन। राजुले स्वदेश तथा विदेशका बिभिन्न मठमन्दिर, धार्मिकस्थलमा मूर्ति एवम् कलाकृतिकाे काम गरि सकेकाे छ ।
राजुले विशेष गरी हस्तकला र मूर्तिकला क्षेत्रमा आफ्नो योगदानका लागि परिचित छन्।
उनले विभिन्न किसिमका मूर्तिहरू र कला कृतिहरू सिर्जना गरेका छन्, जसमा सांस्कृतिक र सामाजिक विषय वस्तुहरूको गहिरो प्रभाव पाइन्छ।
राजुको मूर्तिकला प्रायः नेपाली समाजको परम्परा, इतिहास र मिथकहरूसँग जोडिएको हुन्छ, जसले नेपाली सांस्कृतिक पहिचानलाई उजागर गर्छ। राजुका कृतिहरूमा धातुजस्ता सामग्रीहरूको प्रयोग विशेष रूपमा उल्लेखनीय छ।
उनले मुस्ताङ जिल्लामा रहेकाे मुक्तिनाथ मन्दिरकाे भित्र रहेकाे भगवान् तीन वटा टाउकाे उनले बनाएकाे हाे ।
यसैगरी नेपालको राजधानी काठमाडौँको मुटुमा अवस्थित वसन्तपुर दरबार स्क्वायर विश्व सम्पदा सूचीमा रहेकाे नाै तले मन्दिरको गजुर र गजुर बस्ने भङ्गी, यस्तै काठमाडौंकाे ‘बत्तिस पुतली’स्थित राम मन्दिरकाे चाँदीकाे ढाेका, काठमाडाैं न्यूराेडस्थित भुँडे गणेश मन्दिरकाे तामाकाे गणेश भगवान् मुर्ति । र, जिल्ला पाल्पामा रहेकाे कालभैरव मन्दिरकाे भैरव देउताकाे चाँदीकाे माक्स अथवा अनुहार ।
यसैगरी कास्की पोखराकाे भैरव टाेलस्थित गणेश मन्दिरकाे काम, नुवाकोट दरवारस्थित गणेश मन्दिरकाे काम, भक्तपुर दरवारभित्र रहेकाे जीर्णोद्धार कार्य र यसैगरी पशुपतिनाथ मन्दिर लगायत क्षेत्रमा राजुले धेरै काम गर्नु भएकाे छ । यस्ता व्यक्तिलाई न समाजले राम्राेसंग चिन्न सकेकाे छ भने न सरकारले नै ?
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ