शुक्रबार, मंसिर २१, २०८१

मस्ककी पुर्वपत्नी ग्रिम्सलाई दिवालिया हुने डर


कान्तिपथ


टेस्लाका मालिक एलन मस्ककी पूर्व पत्नी तथा गायिका ग्रिम्सले आफू दिवालिया हुन लागेको दाबी गरेकी छन् ।

ग्रिम्सका अनुसार पैसा नहुँदा बालबालिकाको आफ्नो साथमा राख्न समस्या भइरहेको बताएकी छन् । अदालतमा मोडलिङ गरेको तस्विर देखाएर आफ्नो अभिभावकत्वमा प्रश्न उठेको उनले बताएकी छन् । सोशल मिडिया प्लेटफर्म एक्समा एक प्रयोगकर्ताले ग्रिम्सलाई गरेको प्रश्नको जवाफमा उनले यस्तो बताएकी हुन् ।

जवाफमा ग्रिम्सले आफ्ना बच्चाहरूको लागि लड्दा दिवालिया हुने विचारले उनलाई रचनात्मक विचारहरू आउन दिइरहेको छैन र विगतको वर्ष रोएर बिताएकी छन् ।

ग्रिम्सका अनुसार उनले विगत पाँच महिनादेखि आफ्ना तीन सन्तानमध्ये एकलाई भेट्न पाएकी छैनन् । तर, मस्क र ग्रिम्सबीच भएको सम्झौताअनुसार उनले हिरासत मुद्दाको पूर्ण विवरण सार्वजनिक गर्न सक्दैनन् ।

मस्कले सन् २०१८ मा गायिका ग्रिम्ससँग विवाह गरेका थिए । उनीहरुसँग तीन सन्तान छन् । मे २०२० मा, दम्पतीले आफ्नो पहिलो बच्चालाई स्वागत गरेका थिए । उनको नाम एक्स राखिएको थियो । डिसेम्बर २०२१ मा, उनीहरूले छोरी एक्सा डार्क सिडेरेललाई सरोगेसी मार्फत जन्माएका थिए । यो जोडी २०२२ मा अलग भयो । गत वर्ष यो दम्पतीको तेस्रो सन्तान टेक्नो मेकानिकस रहेको बताइएको थियो । बच्चाको बारेमा धेरै जानकारी बाहिर आएको छैन ।

ग्रिम्स आफ्ना छोराछोरीलाई सामान्य जीवन दिन चाहन्छिन् । त्यसैले उनीहरुलाई लाइमलाइटबाट टाढा राखिएको छ । मस्कले गत वर्ष बालबालिकालाई आफुसँगै राख्न मुद्दा दायर गरेका थिए ।

मस्कको पहिलो छोरा जस्टिन मस्कको जन्म भएको १० महिनापछि मात्रै मृत्यु भएको थियो । उनी बाहेक मस्कका ११ सन्तान छन् । मस्कको पहिलो श्रीमतीसँग सन् २००८ मा सम्बन्ध विच्छेद भएको थियो । दुवैका आईभीएफ मार्फत ५ सन्तान छन् ।

ग्रिम्सा अघि मस्कले सन् २०१० मा बेलायती अभिनेत्री तल्लुलाह रिलेसँग विवाह गरेका थिए । तर, सन् २०१२ मा उनीहरुको सम्बन्धविच्छेद भयो । अर्को गर्मीमा, उनले फेरि विवाह गरे । डिसेम्बर २०१४ मा, तल्लुलाहले दोस्रो पटक सम्बन्धविच्छेदको लागि दायर गरे, तर अर्को वर्ष यसलाई फिर्ता लिइन् । मार्च २०१६ मा, तल्लुलाहले तेस्रो पटक सम्बन्धविच्छेदका लागि निवेदन दिएकी थिइन् । दम्पतीको कुनै सन्तान छैनन् ।

यसबाहेक उनको कम्पनीका कर्मचारी शिवोन जिलिससँग ३ सन्तान छन् । यद्यपि दुवैले विवाह गरेनन् ।

मस्कले आफ्ना ११ बालबालिका र तीन आमालाई एउटै छानामुनि राख्ने योजना बनाएका छन् । यसका लागि उनले टेक्सासको अस्टिनमा १४ हजार ४०० स्क्वायर फिटको बंगला किनेका छन् । त्यसको ठीक छेउमा मस्कले ६ बेडरुम भएको अर्को घर पनि किनेका छन् ।

न्यूयोर्क टाइम्सका अनुसार यो बंगला मस्कको टेक्सासको घरबाट मात्र १० मिनेट टाढा छ । सबै बालबालिका सँगै बस्ने हो भने एकअर्कालाई चिन्ने मौका पाउने मस्कको विश्वास छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत