सोमवार, मंसिर २४, २०८१

अमेरिकी डलको कारोबार स्थिर, युरो र पाउन्डको मूल्य घट्यो


कान्तिपथ


नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । सोमबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ ।

आज डलको खरिददर १३४ रुपैयाँ ८२ पैसा र बिक्रीदर १३५ रुपैयाँ ४२ पैसामा कारोबार भएको राष्ट्रि बैंकले जानाएको छ । आइतबार पनि सोही मूल्यमा यसको खरिदबिक्र भएको थियो । 


 सोमबार युरोपियन युरो को भाउ ०६ पैसाले घटेको छ । आज युरो एकको खरिददर १४० रुपैयाँ ४६ रहेको छ भने बिक्रीदर १४१ रुपैयाँ ०८ पैसा तोकिएको छ । आइतबार भने युरोपियन युरोको एकको खरिददर १४० रुपैयाँ ५२ पैसा बिक्रीदर १४१ रुपैयाँ १४ पैसा तोकिएको थियो ।   


सोमबार बेलायती पाउन्ड एकको खरिदमूल्य १६८ रुपैयाँ ९६ पैसा र बिक्रीदर १६९ रुपैयाँ ७२ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ११ पैसाले बढेको हो । यसअघि आइतबार पाउण्डको खरिदमूल्य १६८ रुपैयाँ ८६ पैसा र बिक्रीदर १६९ रुपैयाँ ६१ पैसा कायम थियो ।

त्यसैगरी, सोमबार अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ६५ पैसा र बिक्रीदर ८८ रुपैयाँ ०४ पैसा तोकिएको छ यसैगरी, क्यानेडियन डलर एकको खरिददर भने ९६ रुपैयाँ ४३ पैसा र बिक्रीमा ९७ रुपैयाँ ८६ पैसा रहेको छ । 


उता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ७१ पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ७५ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ६१ पैसा तथा बिक्री दर १८ रूपैयाँ ६९ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ६० पैसा तथा बिक्री दर ९ रुपैयाँ ६४ पैसा कायम गरेको जनाइएको छ । 


उता कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३७ रुपैयाँ १३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
 राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ९३ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ०९ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ७१ पैसा र बिक्रीदर ३६ रूपैयाँ ८७ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर सोमबार ३० रूपैयाँ १८ पैसा र बिक्रीदर ३० रूपैयाँ ३१ पैसा कायम गरेको छ ।


यसैगरी, सोमबारको लागि कुवेती दिनार एकको खरिददर ४३७ रुपैयाँ ८७ पैसा र बिक्रीदर ४३९ रुपैयाँ ८२ पैसा निर्धारण भएको छ। बहराइन दिनारको खरिददर ३५७ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३५९ रुपैयाँ २० पैसा निर्धारण भएको छ।
 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत