शनिबार, मंसिर २९, २०८१

खेतमा भेटिए नवजात शिशु


कान्तिपथ


रौतहट जिल्ला सदरमुकाम गौर स्थित खेतमा बेवारिसे अवस्थामा भेटिएको नवजात शिशुलाई एक परिवारले रितपूर्वक जिम्मा लिएको छ। गत कार्तिक १५ गते राती देखि प्रादेशिक अस्पताल गौरमा पालनपोषण गरी राखिएको शिशु (बालिका )लाई सोमवार यमुना माइ गाउँ पालिका वाड १ जेठरहिया निवाशी  रघुनाथ सहनि र उनको श्रीमती अनिता सहनिले गोद (जिम्मा) लिएका हुन्। 

जिल्ला अदालत रौतहटबाट सम्पूर्ण प्रकृया पूरा गरि बालिका लाई सहनी परिवारले जिम्मा लिएको अस्पताल विकास समितिका अध्यक्ष अनवर हासमिले बताएका छन्। गत कार्तिक १४ गते राती जन्मिएको उक्त नवजात शिशु लाई कसैले गौर नगरपालिका सबगढा गाउँ छेउको खेतमा फालेर गएको थियो।

गत कार्तिक १५ गते बिहान बच्चा रोईरहेको आवाज सुनेर स्थानीयले शिशु लाई उठाएर प्रादेशिक अस्पताल गौरमा पुर्याएको थियो।

केही घन्टा खेतमा रहेकी शिशुको हातको औंलाहरुमा कमिलाले टोकेर घाउ खत बनाएको थियो। प्रादेशिक अस्पतालमा उपचार पछी सुरक्षित पालनपोषण भईरहँदा सोमवार सहनी परिवारले आफ्नो सन्तान सरह राख्ने बाचा गर्दै जिम्मा लिएर गएको अस्पताल विकास समितिका अध्यक्ष अनवर हासमिले जानकारी दिएका छन्।
 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत