शुक्रबार, मंसिर २१, २०८१

प्रसाईंलाई सर्वोच्च अदालतबाट वीर अस्पताल लगियाे


कान्तिपथ


काठमाडौंं । बिबादस्पद मेडिकल ब्यावसायी दुर्गा प्रसाईंलाई सर्वोच्च अदालतबाट वीर अस्पताल लगिएको छ ।

 साइबर कसूरमा पक्राउ परेका प्रसाईंलाई मंगलबार बन्दी प्रत्यक्षीकरणको रिट बमोजिम अदालतमा उपस्थित गराइएको थियो ।

 किर्ते, विद्युतीय कारोबार र सम्पत्ति शुद्धीकरणसहितका अभियोगमा अनुसन्धानका लागि केही दिन अघि पक्राउ परेका प्रसाईलाई सर्वोच्च अदालतमा उपस्थित गराइएको हो ।

 प्रसाईं पक्राउ गरे पछि उनका छोरा नीराजन प्रसाईंले गत मङ्सिर ८ गते बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गरेका थिए ।

निवेदनमा प्रसाईंलाई गैरकानुनी रूपमा थुनामा राखेको दाबी गर्दै तत्काल रिहा गर्नु भनी अन्तरिम आदेशको माग गरेका थिए ।

सो निवेदनका आधारमा उनलाइ सर्वोच्च अदालतमा उपस्थित गराइएको हो ।  

न्यायाधीश मनोज शर्माको एकल इजलासले बन्दीसहित उपस्थित गराउन आइतबार आदेश दिएको थियो । 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत