मङ्लबार, मंसिर १८, २०८१
  • गृहपृष्‍ठ
  • बिश्व
  • विवाहको ५ महिनापछि सोनाक्षी सिन्हाले खुलासा गरिन् एउटा ठूलो रहस्य

विवाहको ५ महिनापछि सोनाक्षी सिन्हाले खुलासा गरिन् एउटा ठूलो रहस्य


कान्तिपथ


बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले यही वर्ष जुनमा आफ्ना लामो समयदेखिका प्रेमी जहीर इकबालसँग विवाह गरेकी थिइन् । सोनाक्षी र जहीरको विवाहको तस्बिर भाइरल भएपनि यो विवाहलाई लिएर उनीहरुलाई धेरै ट्रोलिङको सामना गर्नुपरेको थियो ।

धेरैले सोनाक्षी र जहीरको विवाहको विरोध गरे किनभने उनीहरु फरक धर्मका थिए तर उनीहरु दुबैमा त्यसको कुनै असर भने परेन । सोनाक्षी विवाहपछि निकै खुसी छिन् र हालै उनी पति जहीर र पिता शत्रुघ्न सिन्हासँग ‘द ग्रेट इन्डियन कमेडी’ शोमा देखिएकी थिइन् ।

सोनाक्षीसँगै उनका बुबा शत्रुघ्न र आमा पुनम सिन्हा पनि कपिलको शोमा सहभागी भएकी थिइन् । साथै श्रीमान् जहीर इकबाल पनि यस शोको हिस्सा बनेका छन् । सम्पूर्ण परिवारको उपस्थितिका कारण कार्यक्रममा निकै रमाइलो र उत्साह थियो । यसै क्रममा दबंग गर्ल भनेर चिनिने सोनाक्षी सिन्हाले पनि एउटा रोचक खुलासा गरेकी छिन् ।

सोनाक्षीले आफ्ना बुवा शत्रुघ्न सिन्हालाई तपाई आफ्नो ज्वाइँलाई राम्ररी नचिनेको बताइन् । उनी भन्छिन्, ‘यदि कसैले छोरीलाई चुप लगाउन सक्छ भने त्यो मात्र हो ।’

यसको जवाफमा जहीर मुस्कुराउँदै भन्छन्, ‘यो झूट हो ।

नजिकै बसेका शत्रुघ्नले ठट्टा गर्दै भन्छन्,  ‘त्यसो भए छोरी सहि ठाउँमा गइन् ।’ यसपछि सिन्हा परिवारका सबैजना कपिल शर्मासँगै हाँस्न थाल्छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत