काठमाडौँ महानगरपालिका वडा नम्बर १६ मा ठूला दललाई पराजित गर्दै रास्वपाकी रोजिना श्रेष्ठ विजयी भएकी छन्।
रोजिना २ हजार ९०२ मतसहित विजयी हुँदा एमालेका लक्ष्मी रत्न तुलाधरले २ हजार २२० मत ल्याएका छन्।
त्यसैगरी कांग्रेसका देवेन्द्र पाठकले २ हजार २१४, नेकपा (एकीकृत समाजवादी) का मीन बहादुर मानन्धरले १ हजार ९२, राष्ट्रिय प्रजातन्त्र पार्टीका श्याम कृष्ण श्रेष्ठले ७४२, स्वतन्त्र उम्मेदवार देवेन्द्र कुमार श्रेष्ठले ४९८ र अर्का स्वतन्त्र उम्मेदवार सम शाक्य ३३४ मत ल्याएका छन्।
रास्वपाकी रोजिना २९०२ मतसहित विजयी भए पनि निर्वाचन आयोगको वेवसाइटमा मा भने १ हजार ५८४ मतसहित रोजिना विजयी भएको विवरण छ।
०७९ सालको निर्वाचनमा काठमाडौँ १६ मा कांग्रेसका मुकुन्द रिजाल ४ हजार १९ मत ल्याएर निर्वाचित भएका थिए।
त्यतिबेला लक्ष्मी रत्न तुलाधरले ३ हजार ३१० र एकीकृत समाजवादीका लक्ष्मण गमाल १ हजार ५८९ मत ल्याएका थिए।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ