बिहिबार, माघ ३, २०८१
  • गृहपृष्‍ठ
  • बिश्व
  • प्रधानमन्त्री ओलीले आज चिनिया राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटबार्ता गर्ने

प्रधानमन्त्री ओलीले आज चिनिया राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटबार्ता गर्ने


कान्तिपथ


प्रधानमन्त्री केपी शर्मा ओलीले आज चीनका राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटबार्ता गर्दैछन् ।

सोमवारवाट चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङ र चिनियाँ समकक्षी लीसँग भेटवार्ता गरी द्विपक्षीय हितका विविध विषयमा विचार आदानप्रदान गर्ने छन् ।

प्रधानमन्त्री ओलीसँग चीनको राष्ट्रिय जनकांग्रेसका स्थायी समितिका अध्यक्ष झाओ लेजीको समेत भेट हुने जनाइएको छ ।

हिजो बेइजिङ पुगेका प्रधानमन्त्री ओलीलाई चिनियाँ कम्युनिष्ट पार्टीका वैदेशिक मामिलाका उपमन्त्री सुन बेइदोङले बेइजिङ क्यापिटल अन्तरराष्ट्रिय बिमानस्थलमा स्वागत गरेका थिए भने प्रधानमन्त्री र भ्रमण दलका सदस्यहरु बेइजिङस्थित सरकारी अतिथि गृह देउताइ स्टेट गेष्ट हाउसमा रहेका थिए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत