सोमवार, पुस २९, २०८१

प्रधानमन्त्री ओलीले आज पेकिङ बिश्वबिधालयमा सम्बोधन गर्ने


कान्तिपथ


प्रधानमन्त्री केपी शर्मा ओलीले आज पेकिङ विश्वविद्यालयमा सम्बोधन गर्दैछन् ।

 गत सोमवार चीनको चार दिने भ्रमणमा निस्केका प्रधानमन्त्री ओलीले आफनो भ्रमणको तेस्रो दिन पेकिङ विश्वबिधालयमा सम्बोधन गर्न लागेका हुन् ।

आज उनले नेपाल–चीन बिजनेस फोरमले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्नेछन भने अन्तिम बेइजिङस्थित नेपाली दूतावासले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओली सहभागी रहने जनाइएको छ ।

 हिजो चीनिया राष्ट्रपति सि जिनपिङ, चिनियाँ समकक्षी ली छ्याङ र चिनियाँ राष्ट्रिय जनकाङ्ग्रेस् (चिनिया संसद)का अध्यक्षसँग भेटबार्ता गरेका थिए । समकक्षी लि छ्याङसँग भएको औपचारिक बार्तामा ९ बुदेँ समझदारी र सहमति पत्रमा हस्ताक्षर भएको थियो भने चिनिया राष्ट्रपति सि जिनपिङसँग भएको बार्तामा नेपाललाई ५०० मिलियन युआन अर्थात करिब ९ अर्ब रूपैयाँ अनुदान सहयोग गर्ने उनले घोषणा गरेका थिए ।

 चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली चार दिने भ्रमणका लागि सोमवार चीन पुगेका हुन्  । भ्रमणको चौथो दिन अर्थात बिहीबार बिहानै बेइजिङबाट ओली काठमाडौंका लागि उड्ने छन् । 

 उनी करिब साढे २ बजे काठमाडौंमा आइपुग्ने कार्यक्रम तय भएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत