बिहिबार, माघ ३, २०८१

क्याप्टेनको नाममा एयरलाइन्सले निकाल्यो सूचना


कान्तिपथ


नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले क्याप्टेन रोशन केसीको नाममा ३५ दिने सूचना जारी गरेको छ ।
निगमले सम्झौताअनुसार काम नगरेको भन्दै तलब भत्ता, भ्रमण भत्ता लगायत शीर्षकमा बुझेको ब्याजसहित फिर्ता गर्न सूचना जारी गरेको हो ।

नियमले दिएको जानकारीअनुसार उनले सम्झौता पालना नगरेकाले बक्यौता असुल्ने निर्णय भएको हो । केसीले निगमकै खर्चमा तालिम लिएको, विभिन्न मुलुक भ्रमण गरेको, यसबापत भत्ता बुझेको, उक्त अवधिको तलब पनि बुझेको तर तालिमपछि काममा नफर्किएको निगमले जानकारी दियो ।

यसबारे पटक पटक लिखित तथा मौखिक जानकारी गराउँदासमेत उपस्थित नभएपछि सार्वजनिक सूचना जारी गरेको निगमले जनाएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत