आइतवार, माघ ६, २०८१

घोषणा गरेको ६ घण्टामा दक्षिण कोरियामा फिर्ता भयो मार्शल ल


कान्तिपथ


काठमाडौँ । दक्षिण कोरियाली राष्ट्रपति युन सुक-योलले घोषणा गरेको छ घण्टा भित्र मार्शल ल फिर्ता लिने निर्णय गरेका छन् ।

राष्ट्रपति सुक-योलले मंगलबार राति एउटा अचम्मको घोषणा गरेका थिए जसमा देशमा राष्ट्रिय आपतकाल र मार्शल ल घोषणा गरिएको थियो ।

राति अबेर एक टिभी सम्बोधनमा यो घोषणा गर्दै उनले उत्तर कोरियाका समर्थकलाई देशबाट हटाउन यो कदम चालिएको बताएका थिए । संवैधानिक व्यवस्था बचाउनका लागि देशका उदारवादीहरूले यस्तो गरिरहेको उनको जिकिर थियो । राष्ट्रपति योलले आफूसँग मार्शल ल लागू गर्नुबाहेक अर्को विकल्प नभएको बताएपनि यसका लागि के–कस्ता विशेष कदम चाल्ने उनले बताएका थिएनन् ।

घोषणा गरेको ६ घण्टापछि नै राष्ट्रका नाममा विशेष सम्बोधन गर्दै राष्ट्रपति युन सुक-योलले केही समयअघि नै नेशनल एसेम्बलीले आपतकालिन अवस्था हटाउन माग गरेको र मार्सल ल अपरेशनका लागि तैनाथ गरिएका सेना फिर्ता लिएको बताए । उनले नेशनल एसेम्बलीको आग्रहलाई स्वीकार गर्दै मन्त्रिपरिषद् बैठकबाट मार्सल ल हटाउने बताए ।

राष्ट्रपति युन सुक-योलको घोषणापछि दक्षिण कोरियाका सांसदहरूले मार्शल लको कडा विरोध गरेका थिए । राष्ट्रपतिको निर्णयको भर्त्सना गर्दै राष्ट्रिय सभाको मध्यरातमा बसेको बैठकमा उनले सर्वसम्मतिले मार्सल ल लागू गर्ने पक्षमा मतदान गरेका थिए । त्यसपछि राष्ट्रपतिले सेना प्रमुखले जस्तै मतदानको सम्मान गर्न सहमत भए ।

राष्ट्रपतिले आदेश फिर्ता लिएको केही समयपछि र सांसदहरूको विरोधमा राष्ट्रलाई सम्बोधन गरेपछि, दक्षिण कोरियाली मन्त्रिपरिषद्ले स्थानीय समय अनुसार बिहान ५ बजे इतिहासको सबैभन्दा छोटो मार्शल ल अवधि हटाउने प्रस्तावलाई आधिकारिक रूपमा अनुमोदन गर्न बैठक बोलाएको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत