बिहिबार, माघ ३, २०८१

दक्षिण कोरियाको घटनाक्रममा अमेरिकाको कस्तो छ प्रतिक्रिया ?


कान्तिपथ


अमेरिकी विदेश मन्त्रालयले विगत २४ घण्टामा दक्षिण कोरियामा भएका घटनाक्रम बारे प्रतिक्रिया दिएको छ ।

विगत २४ घण्टामा दक्षिण कोरियामा भएका घटनाहरूलाई संयुक्त राज्य अमेरिकाले नजिकबाट अनुगमन गरेको उल्लेख गर्दै राष्ट्रपति युन सुक-योलले मार्सल ल फिर्ता लिने निर्णयको स्वागत गरेको छ ।

अमेरिकाले राजनीतिक मतभेदहरू शान्तिपूर्ण र कानून बमोजिम समाधान हुने विश्वास व्यक्त गरेको छ ।

अमेरिकाले भनेको छ- ‘हामी कोरियाली जनता र प्रजातन्त्र र कानूनको शासन अन्तर्गत अमेरिका-कोरिया गठबन्धनको लागि हाम्रो समर्थनलाई पुन: पुष्टि गर्दछौं ।’

मंगलबार राती दक्षिण कोरियाका राष्ट्रपति युन सुक-योलले देशमा मार्सल लको घोषणा गरेका थिए । तर दक्षिण कोरियाको नेशनल एसेम्बलीमा सांसदहरुले राष्ट्रपतिको यो निर्णय बहुमतले उल्टाएका थिए ।

त्यसपछि बुधबार बिहान मार्सल ल लगाउने आदेश फिर्ता लिइएको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत