सोमवार, पुस २९, २०८१

कर्णालीमाथि काठमान्डुको रोमाञ्चक जित


कान्तिपथ


नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत काठमान्डु गुर्खाजले पहिलो जित हासिल गरेको छ ।

कर्णाली याक्सलाई तीन विकेटले हराउँदै काठमान्डुले पहिलो जित हासिल गरेको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा कर्णालीले दिएको १५० रनको लक्ष्य पछाएको काठमान्डुले १९.३ ओभरमा ७ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णाली याक्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै १४९ रन बनाएको थियो । कर्णालीका लागि शिखर धवनले ५१ बलमा ७२ रन बनाएका थिए ।

यो जियपछि काठमान्डु गुर्खाजको २ खेलमा २ अंक भएको छ भने कर्णालीले आफ्ना दुवै खेलमा हार बेहोरेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत