बिहिबार, माघ ३, २०८१

१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ


कान्तिपथ



पाल्पा । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा गुल्मी मदाने गाउँपालिका-६ पुर्कोटदह घर भएका २१ वर्षीय सम्राट चुदारालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

सम्राटले ती किशोरीलाई रैनादेवी छहरा गाउँपालिका-६ स्थित खरबारीमा सोमबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पा समेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत