काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत आर्सनलले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ ।
गएराति सम्पन्न खेलमा आर्सनलले म्यानचेस्टर युनाइटेडलाई २-० गोल अन्तरले पराजित गरेको हो । आर्सनलको जितमा जुर्रियन टिम्बर र विलियम सालिबाले एक एक गोल गरेका हुन् ।
यो जितपछि आर्सनलको १४ खेलमा २८ अंक भएको छ र गोल अन्तरको आधारमा तेस्रो स्थानमा रहेको छ । त्यस्तै म्यानचेस्टर युनाइटेडको भने १४ खेलमा १९ अंक रहेको छ र लिगमा ११औ स्थानमा छ ।
त्यसैगरी गएराती नै सम्पन्न खेलमा शिर्ष स्थानमा रहेको लिभरपुल न्यूक्यासल युनाइटेडसँग ३-३ गोलको बराबरीमा रोकिएको छ । त्यस्तै म्यानचेस्टर सिटीले भने नोट्टीङघम फोरेस्टलाई ३-० ले पराजित गरेको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ