काठमाडौं । कोशी प्रदेशका पूर्वमन्त्री लीलाबल्लभ अधिकारीलाई मानव तस्करी प्रकरणमा पुनः पक्राउ गरी अनुसन्धान अघि बढाउन माग गरिएको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ ।
यसअघि सर्वोच्च प्रशासनले दर्ता गर्न अस्वीकार गरेको रिट इजलासको आदेशमा दर्ता गरिएको छ । जापानमा मानव बेचविखन तथा ओसारपसार गरेको आरोपमा पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री अधिकारीविरुद्ध काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले मंसिर १० गते मुद्दा नचलाउने निर्णय गरेको थियो ।
मुद्दा नचलाउने गरी जिल्ला सरकारी वकिल कार्यालयले गरेको निर्णय गैरकानुनी भएकाले उक्त निर्णय बदर गरी अधिकारीलाई तत्काल पक्राउ गरी मुद्दा चलाउन माग गर्दै बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रिट दर्ता गराउन खोजेकोपनि सर्वोच्च प्रशासनले दरपिठ गरेको थियो ।
उक्त दरपिठ आदेशलाई बदर गर्न माग गर्दै त्रिपाठीले दिएको निवेदनको सुनुवाइ गर्दै इजलासले विहिबार दर्ता गर्न आदेश दिएको हो । रिट दर्ता भएपछि यसको पेसी मङ्सिर २३ गतेलाई तोकिएको त्रिपाठीले जानकारी दिएका छन् ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ