काठमाडौं । भुटानका राजारानी जिग्मे खेसर नाम्गेल वाङचुक र जेट्सुन पेमा वाङचुक आज नेपाल आउँदैछन् ।
भारत भ्रमणमा आएका उनीहरू भुटान फर्किने क्रममा ट्रान्जिट भिजिटका रूपमा केहि घण्टाका लागि काठमाडौंको आउन लागेका हुन् ।
भुटानका पाँचौँ राजा जिग्मेको नेपालमै जन्म भएको थियो । उनीहरु अहिले बिहान १० बजे नेपाल आइपुग्ने कार्यक्रम रहेको छ । उनीहरुको काठमाडौँमा केहि औपचारिक कार्यक्रम नभएपनि नेपालमा रहँदा स्वयम्भूनाथ र बौद्धनाथको दर्शन गर्ने बताइएको छ । उनीहरु त्रिभुवन विमानस्थलबाट सिधै स्वयम्भूको दर्शनका लागि जानेछन्। त्यसपछि उनी बौद्धनाथ जानेछन् ।
भारतको औपचारिक भ्रमणमा आएका भुटानका राजा रानीले बिहीवार भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री एस जयशङ्करसँग भेटवार्ता गरेका थिए ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ