आइतवार, माघ ६, २०८१
  • गृहपृष्‍ठ
  • समाज
  • लैङ्गिक हिंसाविरुद्धको सचेतना कार्यक्रम सम्पन्न (तस्वीरसहित)

लैङ्गिक हिंसाविरुद्धको सचेतना कार्यक्रम सम्पन्न (तस्वीरसहित)


कान्तिपथ


काठमाडौं । समुदाय प्रहरी साझेदारी कार्यक्रमू अन्तर्गत प्रहरी प्रभाग कोटेश्वर, सामुदायिक सेवा तथा विकास समाज एंव सामुदायिक प्रहरी सेवा केन्द्र कोटेश्वर-३२ को सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

आज शुक्रबारका दिन कान्जीरोवा नेश्नल सेकेन्डरी स्कुल र कस्मिक इन्टरनेश्नल एकेडमी स्कुलको संयुक्त का.म.न.पा-३२ बालकुमारीस्थित कान्जीरोवा नेश्नल सेकेन्डरी स्कुलको सभाहलमा उक्त सचेतना कार्यक्रम सम्पन्न भएको हो ।

यस समाजका अध्यक्ष रविन्द्र थापाको अध्यक्षता गर्नु भएको थियो भने, जिल्ला प्रहरी परिसर काठमाण्डौमा कार्यरत्त प्र.ना.उ. पुर्णिमा चन्दको प्रमुख आतिथ्य रहेको थियो ।

उक्त कार्यक्रममा कागेश्वरी मनोहरा न.पा-८ का वडा अध्यक्ष एवं नगर प्रवक्ता हरिभक्त पुडासैनी, कोटदेबि बिद्दानगर समाज सुधार समितिका अध्यक्ष देब चौलागाईं, कागेश्वरी मनोहरा न.पा-७ का वडा अध्यक्ष भिमसेन थापा, कागेश्वरी मनोहरा न.पा-९ का नगर सदस्य मन्जु थापा, कान्जीरोवा नेश्नल सेकेन्डरी स्कुलका कार्यकारी निर्देशक महेन्द्र खनाल, कान्जीरोवा नेश्नल सेकेन्डरी स्कुलका कोडिनेट प्रिन्सिपल रंजित थापा, कस्मिक इन्टरनेश्नल एकेडमी स्कुलका प्रिन्सिपल अर्जुन खत्रीको विशिष्ट उपस्थिती रहेको थियो ।

सो कार्यक्रममा प्रहरी प्रभाग कोटेश्वरका प्रमुख दल कुमार राई, ट्राफिक प्रहरी प्रभाग कोटेश्वरका प्रमुख प्र.नि. सुर्य बहादुर पौडेल, का.म.न.पा-३२ वडा का वडा सदस्य हरि बहादुर बस्नेत, गान्धी आदर्श मा.वि.का वि. व्यवस्थापन समिति अध्यक्ष गया प्रसाद उपाध्याय तथा का.म.न.पा-३२ वडा भित्र रहेका विभिन्न संघ संस्थाको अध्यक्षज्यू एवं प्रतिनिधीको विशेष उपस्थिती रहेको हो ।

साथै, का.म.न.पा-३२ वडा भित्रका भद्र भलादमी, बुद्धिजीवी र कान्जीरोवा नेश्नल सेकेन्डरी स्कुल र कस्मिक इन्टरनेश्नल एकेडमी स्कुलका विधार्थीहरूको सहभागीतामा (अन्तराष्ट्रिय लैङ्गिक हिंसा १६ दिने अभियान) अन्तर्गत “हामी सबैको प्रतिबद्धता, लैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यबद्धता” राष्ट्रिय नाराका साथ कस्मिक इन्टरनेश्नल एकेडमी स्कुलका विधार्थीहरूद्धारा उक्त स्कुलबाट र्‍याली गर्दै कान्जीरोवा नेश्नल सेकेन्डरी स्कुलको प्राङ्गनमा आई लैङ्गिक हिंसा उन्मूलन सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

सो कार्यक्रम यस समाजका महासचिव पदम कुमार रेग्मीले संचालन गरेका थिए । उक्त कार्यक्रममा कान्जीरोवा नेश्नल सेकेन्डरी स्कुलका कार्यकारी निर्देशक महेन्द्र खनालले शुभकामना मन्तव्य र नेपाल प्रहरी संगीत विधालयका टोलीद्धारा सचेतना नृत्य र समान युग र तराजु प्रदर्शन भन्ने लैङ्गिक हिंसा उन्मूलन सम्बन्धी सचेतना नाटक प्रस्तुत थियो ।

टोल सुधार समितिका अध्यक्ष देब चौलागाईं र कागेश्वरी मनोहरा न.पा -८ का वडा अध्यक्षले लैङ्गिक हिंसा सम्बन्धी आफ्नो मन्तव्य राख्नु भएको छ।

प्रमुख अतिथी चन्दले भनिन्, सुरक्षा एक जनाले गरेर मात्र सम्भव छैन यसमा सबैले साझेदारी गर्नु पर्छ । लैङ्गिक हिंसा अन्त्य गर्नको लागि विभिन्न ठाउँको विधालयहरूमा सचेतना पाठ्यक्रम-२०८१ तयार गरी प्रशिक्षण पनि हुदै आएको बताए । लैङ्गिक हिंसाको हालको डाटा हेर्ने हो भने प्रत्येक ३ जनामा १ जना महिला र प्रत्येक ४ जनामा १ जना पुरुष हिंसामा परेको देखिन्छ जबसम्म मानिसको सोच परिवर्तन हुदैन तबसम्म हिंसाको अन्त्य हुदैन । मानिसले सबैभन्दा बढी सुरक्षित ठाउँ आफ्नो घर र आफ्न्तलाई मान्दछ तर सबैभन्दा बढी हिंसा त्यही घर र आफ्न्तबाट भईरहेको हुन्छ ।

सो कार्यक्रममा उपस्थिती रहेकाले आयोजक टिमलाई धन्यवादसहित आफ्नो मन्तव्य राख्नु भएको थियो र सभाध्यक्षज्यूले आफ्नो मन्तव्यसहित सम्पूर्णमा धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन भएको हो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत