बिहिबार, माघ ३, २०८१

रविलाई भेट्न कास्की प्रहरीको हिरासतमा पुगे भट्टराई


कान्तिपथ


काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई कास्की पुगेका छन् । सहकारी ठगीको आरोपमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई भेट्न कास्की पुगेका हुन् ।

भट्टराई शुक्रवार बिहान पुर्वगृहमन्त्रीसहित रहेका रविलाई भेट्न कास्की प्रहरीको हिरासतमा पुगेका छन् ।

सहकारी रकम अपचलन मुद्दामा रवि कात्तिक ३ देखि कास्की प्रहरीको हिरासतमा छन् । उनलाई बयानका लागि रुपन्देही, काठमाडौं र चितवन पनि लगिएको थियो ।

लामिछानेलाई बुधबार मध्यरातमा चितवनबाट कास्की ल्याइएको भन्दै प्रहरीको आलोचना भइरहेको छ । हिरासतमा लामिछानेको अवस्थाबारे जानकारी लिन पूर्वप्रधानमन्त्री भट्टराई कास्की पुगेको बताइएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत