सोमवार, पुस २९, २०८१

चितवनले कर्णालीलाई दियो १३१ रनको लक्ष्य


कान्तिपथ


नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले कर्णाली याक्सलाई १३१ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिंग गरेको चितवनले २० ओभरमा ७ विकेट गुमाउदै १३० रन बनाएको हो ।

चितवनका लागि रवि बोपाराले सर्बाधिक ५९ रन बनाएका थिए भने कप्तान कुशल मल्लले २३ रन बनाएका थिए ।

त्यस्तै कर्णालीका बलर विपिन शर्माले ३ तथा जिशान मक्सुदले २ विकेट लिएका थिए ।

अहिलेसम्म चितवनले खेलेका दुवै खेलमा जित हासिल गरेको छ भने कर्णालीले भने दुवै खेलमा हार बेहोरेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत