बिहिबार, माघ ३, २०८१
  • गृहपृष्‍ठ
  • समाज
  • तिलावे पुल भत्किएको छ महिनासम्म पनि देखिएन पुन:र्निर्माणमा सरकारी चासो

तिलावे पुल भत्किएको छ महिनासम्म पनि देखिएन पुन:र्निर्माणमा सरकारी चासो


कान्तिपथ


वीरगंज । बहुदरमाई नगरपालिकाको बहुअरी गाउँ नजिक रहेको गण्डक नहरको तिलावे पुल भत्किएको छ महीना बितिसक्दा पनि पुनर्निर्माणमा कुनै चासो देखिएको छैन ।

पुल भत्किएपछि आवतजावतमा गम्भीर समस्या उत्पन्न भएको छ ।

अहिले चिसो मौसममा खोला तरेर हिँड्नुपर्ने बाध्यता रहेको छ भने वर्षायाममा पानीको सतह बढ्दा आवतजावत पूर्ण रूपमा बन्द हुने जोखिम छ ।

गण्डक सिंचाइ परियोजना अन्तर्गत भारत सरकारको सहयोगमा निर्माण भएको यो पुलको आयु ५० वर्ष तोकिएको थियो ।

पुल भत्किएपछि हाल नदीमा अस्थायी डाइभर्सन बनाइएको छ, तर वर्षायाममा यो व्यवस्था प्रभावकारी नहुने देखिन्छ । सिंचाइ व्यवस्थापन डिभिजन कार्यालय, गण्डकका अनुसार पुल निर्माण बारे सडक विभागले जिम्मेवारी लिने चर्चा भएपनि यस बारे कुनै आधिकारिक निर्णय भएको छैन ।

डिभिजनले सम्बन्धित विभाग र मन्त्रालयलाई पुल पुनर्निर्माण बारे जानकारी गराइसकेको भएपनि हालसम्म कुनै प्रतिक्रिया प्राप्त नभएको जनाएको छ । बहुदरमाई नगरपालिकाका अनुसार नगरपालिकासँग पुल पुनर्निर्माणका लागि आवश्यक बजेट छैन ।

प्रदेश र सङ्घीय सरकारको ध्यानाकर्षण गराएपनि समस्या समाधानमा कुनै प्रगति नभएको स्थानीयको गुनासो छ । स्थलगत निरीक्षणका लागि अधिकारी र जनप्रतिनिधि पुगेपनि पुनर्निर्माण बारे टुङ्गो नलाग्दा समस्या अझै ज्यूँका त्यूँ छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत