बिहिबार, माघ ३, २०८१

मोहन्याल- ३ का वडाध्यक्षको निधन


कान्तिपथ


कैलालीको मोहन्याल गाउँपालिका–३ का वडाध्यक्ष नन्दाराम गिरीको ३५ वर्षको उमेरमा निधन भएको छ। उनको निधनमा गाउँपालिकाले आइतबार शोक विदा दिएको छ।

अध्यक्ष देवीदत्त उपाध्यायका अनुसार आइतबार शोक विदा दिइएको छ।

साथै तीन दिन राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय पनि गरिएको छ ।

विगत दुई वर्षदेखि मुखको क्यान्सर रोगबाट ग्रसित वडाध्यक्ष गिरीको उपचारका क्रममा शुक्रबार दोदोधरा अस्पताल बौनियामा निधन भएको हो ।

उनी वडा नं ३ को अध्यक्षमा विसं २०७४ र २०७९ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए ।

मृतक गिरीका श्रीमतीसहित दुई छोरा र एक छोरी छन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत