बिहिबार, माघ ३, २०८१

पुष्पा-२ ले दोस्रो दिन कति कमायो ?


कान्तिपथ


बलिवुड अभिनेता अल्लु अर्जुन अभिनित ‘पुष्पा २ : द रुल’ को दोस्रो दिन पनि शानदार कमाई गरेको छ । पहिलो दिनको तुलनामा भने फिल्मको कमाई १६ प्रतिशतले गिरावट आएको छ ।

सुकुमारद्वारा निर्देशित फिल्मले दुई दिनमै आफ्नो पहिलो भागको लाइफटाइम कलेक्शनलाई पार गरेको छ ।

दोस्रो दिन पुष्पा-२ ले करिब ९०.१ करोड कमाएको छ । जसमा तेलुगुमा २७.१ करोड, हिन्दीमा ५५ करोड, तमिलमा ५.५ करोड, कन्नडमा ६० लाख र मलायालममा १.९ करोड भारु रहेको छ ।

दुई दिनपछि ‘पुष्पा २’ को कुल बक्स अफिस कलेक्सन २६५ करोड पुगेको छ । जसमा तेलुगुमा ११८.०५ करोड, हिन्दीमा १२५.३ करोड, तमिलमा १३.२ करोड, कन्नडमा १.६ करोड र मलायालममा ६.८५ करोड रहेको छ ।

दोस्रो दिन बक्स अफिस कलेक्सनमा १६ प्रतिशतले कमी आए पनि ‘पुष्पा २’ ले कैयौं रेकर्ड बनाएको छ ।

हिन्दीमा ‘पुष्पा २’ ले दुई दिनमा १२५.३ करोड कमाएको छ । योसँगै यसले पहिलो भागको हिन्दी लाइफटाइम कलेक्सनलाई उछिनेको छ जुन १०६.३५ करोड रुपैयाँ थियो । जबकि कुल लाइफटाइम कलेक्शनको कुरा गर्ने हो भने ‘पुष्पा १ द राइज’ ले भारतमा करिब २६७.५५ करोड कमाएको थियो । अर्थात् ‘पुष्पा २’ ले छिट्टै रिलिजको तेस्रो दिननै पार गर्ने तयारी गरिरहेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत